Sat. May 4th, 2024

‘मजदुरको समस्या एकद्वार प्रणालीबाट समाधान गर्नेछु’  

काठमाण्डू, २०८० फागुन २३ गते बुधबार । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले संसारभर रहेका नेपाली मजदुरका समस्या एकद्वार प्रणालीबाट जतिसक्दो चाँडो समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

आज पदबहाली गर्दै मन्त्री अर्यालले भन्नुभयो, “संसारभरि रहेका नेपाली श्रमिकको समस्यालाई एकद्वार प्रणालीबाट सबैभन्दा पहिला समाधानको प्रयास गर्नेछु, त्यो श्रम मन्त्रालयको जिम्मेवारी पनि हो ।” विदेश र स्वदेशमा रहेका श्रमिकको हकहित आफ्नो पहिलो प्राथमिकता हुने उहाँले बताउनुभयो ।

त्यसैगरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले आज पद बहाली गर्नुभएको छ । उहाँले प्रत्यक्ष लाभ हुनेगरी जनताका पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । रासस

Facebook Comments