Thu. May 9th, 2024

प्रधानमन्त्रीद्वारा धनुषा र सिरहा जोड्न पुल शिलान्यास  

काठमाण्डू, २०८० फागुन १२ गते शनिबार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धनुषा र सिरहा जोड्ने पक्की पुलको शिलान्यास गर्नुभएको छ । धनुषाको सबैला नगरपालिका–४ र सिरहाको कल्याणपुर नगरपालिका–५ जोड्ने पक्की पुलको आज शिलान्यास गर्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

उक्त सचिवालयका अनुसार रु. १ अर्ब ११ करोडभन्दा बढी लगानीमा निर्माण हुने पुल लम्बाइ ६ सय मिटर लामो हुनेछ । ‘डबल लेन’को यो पुल निर्माणपछि दुवै जिल्लाका जनतालाई आवागमनका साथै यातायातका साधन सञ्चालन गर्न सहज हुनेछ । रासस

Facebook Comments