Sat. May 4th, 2024

चीनबाट उत्पादित ठूलो विमान सी ९१९ विदेशमा आकर्षण

काठमाण्डू, २०८० फागुन १२ गते शनिबार । फेब्रुअरी २० तारिखदेखि शुरु भएको सिङ्गापुर अन्तर्राष्ट्रिय एयरोस्पेस र रक्षा प्रदर्शनीमा चीनबाट उत्पादित ठूलो विमान सी ९१९ साथै क्षेत्रीय विमान एआरजे २१ पहिलो पटक विदेशमा प्रदर्शनी भएको छ। जसले पेशागत दर्शकहरुका साथै विभिन्न देशका सञ्चार माध्यमहरुको ध्यानाकर्षण गरेको छ ।

सिङ्गापुर अन्तर्राष्ट्रिय एयरोस्पेस र रक्षा प्रदर्शनी शुरु भएको दिन सी ९१९ विमानले अन्तर्राष्ट्रिय पेशागत दर्शकहरुका सामू औपचारिक उडान प्रदर्शनी गरेको छ। चीनबाट उत्पादित ठूलो विमानले विदेशी एयरोस्पेस तथा रक्षा प्रदर्शनीमा उडान प्रदर्शनी गरेको यो पहिलो पटक हो।

सी ९१९ विमानको यस पटकको विदेशी प्रदर्शनलाई बेलायतको रोयटर्स र सिङ्गापुरको बिजिनेस टाइम्स लगायतका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले प्रार्थमिकता दिएका छन्। सीएमजी

Facebook Comments