Tue. May 21st, 2024

कांग्रेस महासमिति बैठक सुरु

ललितपुर, ७ फागुन : नेपाली कांग्रेसको सोमबारदेखि ललितपुरको गोदावी स्थित सनराइज सभाहलमा सुरुभएको महासमिति बैठकको उद्घाटन समारोहमा सहभागी पार्टी सभापति शेरबहादुर देउवा लगायत शिर्ष नेताहरु । तस्बिर : माधवप्रसाद घिमिरे/रासस

पाटन, काठमाण्डू, २०८० फागुन ७ गते सोमबार । नेपाली कांग्रेसको महासमिति बैठक सनराइज सम्मेलन केन्द्र गोदावरीमा सुरु भएको छ । पार्टीको आधिकारिक नीति तय गर्नका लागि प्रजातन्त्र दिवसको अवसर पारेर आजदेखि सुरु बैठकको पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभयो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपाली कांग्रेसको सोमबारदेखि ललितपुरको गोदावरी स्थित सनराइज सभाहलमा सुरुभएको महासमिति बैठकको उद्घाटन गर्नुहुँदै । तस्बिर : किरणराज विष्ट/रासस
बैठकमा वर्तमान केन्द्रीय समितिका पदाधिकारी तथा केन्द्रीय सदस्यहरु एक सय ६५, प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व हुने महासमिति सदस्यहरु एक हजार सात सय ८०, नेपाली जनसम्पर्क समितिबाट ८९, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट ६९ र महासमितिका सदस्य नरहेका प्रदेश कार्यसमितिका सभापति, जिल्ला कार्यसमितिका सभापति र भ्रातृसङ्घ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्षहरू सहभागी हुनुहुन्छ । बैठक फागुन १० गतेसम्म सञ्चालन हुनेछ ।
Facebook Comments