Tue. Sep 17th, 2024

नयाँ वर्ष वि.सं.२०७७ सुभारम्भ, घर घरमै बसेर उत्सव मनाईदै

काठमाडौं, २०७७ बैशाक १ गते सोमबार

आजबाट विक्रम संवत् २०७७ साल सुभारम्भ भएको छ । प्रत्येक वर्षको वैशाख १ गते एक आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाउने चलन छ । विश्वभरी रहेका नेपालीहरु यस दिनलाई भव्यतापूर्वक नयाँ वर्षको रुपमा मनाउने गर्दछन् ।

विगतका वर्षहरुमा विभिन्न मठमन्दिर, होटल, रेष्टुरा, बगैचा तथा पार्कहरुमा भेला भएर नयाँ वर्ष मनाउने गरिएको भएतापनि यस पटकको नयाँ वर्ष भने घर घरमै बसेर मनाउनु पर्ने बाध्यता छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसबाट व्यापक रुपमा मानविय क्षति भैरहेको सन्दर्भमा घर बाहिर जानु जोखिमपूर्ण भएकोले घरमै नयाँ वर्ष मनाउनु पर्ने भएको हो । कोरोना संक्रमणको उच्च जोखिमका कारण विगत वर्षमा जस्तो घुमफिर एवं मेला महोत्सवमा सहभागी हुन सरकारले प्रतिबन्ध लगाएको छ । त्यसैले पनि आफु बाँच्दै अरुलाई पनि बँचाउन घर घरमै बसेर नयाँ वर्ष मनाउनु हाम्रो बाध्यता भएको छ ।

यसैबीच नयाँ वर्षको पावन अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतले देशबासीका नाममा शुभकामना दिनुभएको छ । कोरोनाको महामारीलाई जित्न दृढ सङ्कल्पका साथ सकारात्मक सोच राख्न उहाँहरुको आग्रह छ ।

नयाँ वर्ष २०७७ सालको पावन अवसरमा भ्वाईस अफ काठमाडौं परिबार आफ्ना समस्त पाठक वर्ग तथा समस्त नेपालीहरुको सुख, शान्ति, सुस्वास्थ्य, दिघार्यु एवम् उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ ।

नयाँ वर्षले विश्वभरीका मानव जातीलाई कोरोना भइरससँग जुध्ने शक्ति प्रदान गरोस् ।

Facebook Comments