Mon. Feb 16th, 2026

भारतमा कोरोना संक्रमितहरुको संख्या साढे ८ हजार, २८९ जनाको ज्यान गयो

       

काठमाडौं, २०७६ चैत ३० गते आईतबार

भारतमा कोरोना संक्रमितहरुको संख्या आइतबार साँझसम्ममा ८ हजार ५ सय ४ जना पुगेको छ भने हालसम्म २ सय ८९ जनाको ज्यान गैसकेको छ ।

विविसीका अनुसार वितेको २४ घण्टामा त्यहाँ ९ सय ९ जनामा कोरोनाको संक्रमण देखिएको छ । त्यसैगरी वितेको २४ घण्टामा ३४ जनाको ज्यान गएको छ ।

त्यसैगरी ७ सय १६ जना उपचारपछि फर्किएकाछन् ।

विश्वभरीमा हालसम्म १८ लाख ५ हजार ५ सय ६० जना कोरोना भाइरसबाट संक्रमित भएकाछन् भने १ लाख ११ हजार ७ सय १८ जनाको मृत्यु भैसकेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read
1 min read