Fri. Dec 5th, 2025

विश्वमा महामारीको प्रतिरोध गर्न चिनियाँ अनुभवले काम गर्ने बिल गेट्सको भनाइ

       

काठमाडौं, २०७६ चैत २८ गते शुक्रबार

माइक्रोसफ्टका सहायक संस्थापक तथा अमेरिकी गेट्स कोषका सहअध्यक्ष बिल गेट्सले विश्वमा हाल देखिएको महामारीको प्रतिरोध गर्न चिनिया अनुभवले काम गर्ने बताउनु भएको छ ।

बिहीबार चाइना मिडिया ग्रुपको “प्रेस १ + १” कार्यक्रमका संचालक पाइ यान सुङलाई विशेष अन्तरवार्ता दिनुहुँदै बिल गेट्सले सो विचार व्यक्त गनुभएको हो । अन्तरवार्तामा उहाँले  चीनको महामारीको रोकथाम उपलब्धि, “बिल गेट्सको षडयन्त्र सिद्धान्त”, खोपको अनुसन्धान तथा विकासबारे सोधिएका प्रश्नहरुको जवाफ दिनुभएको छ ।

अप्रिल ८ तारिख चीनको वुहान लकडाउनबाट मुक्त भएको विषयबारे चर्चा गर्दै बिल गेट्सले चीनमा निश्चित गरिएका विरामीहरूको संख्या खास गरी वुहानको संख्या थोरै भएको र यो एक राम्रो सूचना भन्दै गम्भीर क्वारेटाइन क्रममा सबैले धेरै कठिनाइको सामना गरेका र उनीहरूलाई शुभकामना दिनुपर्ने विश्वास आफूले लिएको बताउनुभयो।

बिल गेट्सले चीनको महामारीको रोकथाम कदमको सक्रियताका साथ मूल्याङ्कन पनि गर्नुभयो। उहाँले महामारीको प्रतिरोध गर्ने विश्वको पहिलो मुलुकको रुपमा चीनका सामु ठूलो चुनौती देखापरेको तर हाल चीनले अरु मुलुकलाई मद्दत दिँदैआएको भन्दै चीनमा हाल आधारभूत रुपमा काम पुनःशुरु भएको बताउनुभयो। हाल चीन महत्वपूर्ण सामग्रीको आपूर्ति गर्ने कार्यमा संलग्न भैरहेको र यसले विश्वले महामारीको प्रतिरोध गर्नका लागि ठूलो परिवर्तन ल्याउने कुरामा उहाँले जोड दिनुभयो।

महामारीका कारण विश्वको विभिन्न मुलुकबीच भएको विवाद र भेदभाव गतिविधिबारे सहयोग नगरेमा भविश्यमा महामारीको सामनामा असर पर्नुका साथै जलवायु परिवर्तनको सामनामा असर पर्ने कुरा पनि बताउनुभयो।

उहाँकाअनुसार, भविश्यमा महामारीको प्रतिरोध गर्ने अन्तर्राष्ट्रिय सहयोगमा चीनले अझै सकारात्मक भूमिका निर्वाह गर्नसक्ने छ। धेरै वर्षयता चीनले सधैं नै अन्तर्राष्ट्रिय सहयोग गरेको छ। वास्तवमा “बेल्ट एण्ड रोड” योजनामा सम्बन्धित मुलुकको चिकित्सा तथा स्वास्थ्य सहयोगमा समावेश छ। बिल गेट्सले गेट्स कोष, चीन र अरु मुलुकले सम्बन्धित मुलुकमा कोरोना भाइरस महामारीको प्रतिरोध गर्नका लागि अझै धेरै सहयोग गर्नसक्ने कुरा बताउनुभयो। सीआरआई नेपाली सेवाबाट

Facebook Comments

सम्बन्धित समाचार

1 min read