Mon. May 20th, 2024

भारतमा कोरोना संक्रमण फैलन नदिन दिल्ली र उत्तर प्रदेशका संवेदनशील क्षेत्रमा सील गरियो

- देशभरमा संक्रमितहरुको संख्या ६ हजार ७ सय २५ पुग्यो

काठमाडौं, २०७६ चैत २८ गते शुक्रबार

कोरोना भाइरस संक्रमणको कारण हालसम्म भारतमा २ सय २७ जनाको ज्यान गएको छ ।

त्यसैगरी संक्रमितहरुको संख्या ६ हजार ७ सय २५ पुगेको छ । विविसीका अनुसार लकडाउनको उल्लंघन रोक्न र भाइरसको संक्रमण बढ्न नदिन सरकारले राजधानी दिल्ली र उत्तर प्रदेशका संवेदनशील क्षेत्रहरुमा सील गरेको छ ।

यसैबीच भारतले अमेरिका, बेलायत, इजरायल लगायतका विभिन्न देशहरुलाई हाइड्रॉक्सीक्लोरोक्विन दिने तयारी गरेको छ । यस औषधीको प्रयोग औलोबाट आउने ज्वोरो कम गर्न प्रयोग गरिन्छ ।

सम्बन्धित क्षेत्रका विज्ञहरु यस औषधीको प्रयोगबाट कोरोना भाइरसलाई समेत रोक्न सक्ने आशा गर्छन ।

Facebook Comments