Mon. May 20th, 2024

चीसो उत्कर्षतिर : मनाङको तापक्रम घटेर माइनस २२ डिग्री

काठमाण्डू, २०८० माघ ११ गते बिहीबार । हिमाली जिल्ला मनाङको तापक्रम घटेर माइनस २२ डिग्री पुगेको छ । मनाङमादिउँसोको समयमै तापक्रममाइनस १२ डिग्री पुग्ने गरेको छ । हिमपातकमभएपनिचिसो अत्यधिक बढेको छ ।

चिसो बढेसँगै जनजीवन कष्टकर बन्दै गएको प्रमुख जिल्ला अधिकारी सुवास कुमार लामिछानेले बताउनुभयो । उहाँकाअनुसार चिसोले धारामा पानी जमेको छ, हिउँ कम भएपनि चिसोले ग्यास बलेको छैन, गाडीको आउजाउ कम छ, पिउने पानी जोहो गर्नै मुस्किल छ । चिसो बढेसँगै मनाङमा पूर्वाधारका काम मङ्सिरदेखिनै ठप्प भएको प्रमुखजिल्लाअधिकारी लामिछानेले जानकारी दिनुभयो ।

मनाङको माथिल्लो क्षेत्रका बासिन्दाअहिले चिसो छल्न बाहिर गएका छन् । अहिले सुरक्षानिकाय र स्वास्थ्य क्षेत्रबाहेक अन्य सेवाप्रवाहमा समेत सकस भएको उहाँले जानकारी दिनुभयो । पहिलो हिमपात हुनासाथ स्थानीयहरु लमजुङ, काठमाण्डू, पोखरा लगायतका ठाउँतर्फ झर्ने क्रम जारी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । स्थानीय नै नभएपछि नार्पाभूमि गाउँपालिकामा रहेका दुई वटा प्रहरी चौकी सदरमुकाम सारिएको लामिछानेले जानकारी दिनुभयो ।अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) एकाइ कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलले चिसोमा पर्यटकको सङ्ख्या घटेको बताउनुभयो ।

मनाङमा फागुनको पहिलो हप्तादेखि खेतीपातीको समय शुरु हुन्छ । त्यही बेला बेसीमा झारिएका गोठ लेकका खर्कतर्फ लैजाने गरिन्छ ।

Facebook Comments