Wed. May 8th, 2024

स्वस्थानी व्रतकथाआजदेखि सुरु

काठमाडौँको शङ्खरापुर नगरपालिका–६, साँखुस्थित शाली नदीमा आजदेखि सुरु भएको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायण मेलामा आएका भक्तजन । तस्बिर : हरिराम भेटुवाल, रासस

काठमाण्डू, २०८० माघ ११ गते बिहीबार । आज पुस शुक्ल पूर्णिमा । आजदेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिनाअवधिको स्वस्थानीव्रतकथाआजदेखि सुरु भएको छ ।

काठमाडौँको शङ्खरापुर नगरपालिका–६,साँखुमा अवस्थित श्रीस्वस्थानी माताको मन्दिरमा दर्शन गर्दै भक्तजन । तस्बिर: हरिराम भेटुवाल, रासस

यस अवधिमा देशकाविभिन्न शक्तिपीठको पूजाआराधनागरिन्छ । शक्तिपीठहरुमा सतीदेवीको अङ्गपतन भएपछि देवीदेवताको बास रहेको विश्वासकाआधारमापूजाआराधना गर्ने गरिन्छ । आजदेखि वैदिक सनातनधर्मावलम्बीले घरघरमाविधिपूर्वक माघ स्नान, स्वस्थानीव्रतएवं कथावाचन शुरु गर्दैछन् ।

पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानीव्रत र माघ स्नानगरिन्छ । पौष शुक्लचतुर्दशीको दिनहातगोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर व्रतको शुरुवात हुन्छ । बिहान माघ स्नान गरी मध्याह्नकालमामहादेवको पूजागरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्ड अन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवादभएको स्वस्थानीव्रतकथा सुन्ने, सुनाउने परम्परा छ । कुल परम्पराअनुसार कथावाचनभने कसैले बिहान त कसैले बेलुकी गर्छन् । आजैदेखि एक महिनासम्म काठमाण्डौ उपत्यकाको उत्तर पूर्वी भेगमा रहेको साँखुको शालिनदीमा माघस्नानसहित माधवनारायणको मेला शुरु हुँदैछ ।शालिनदीमा स्नानएवं माधवनारायण र श्रीस्वस्थानीको दर्शनकालागि देशकाविभिन्न भागबाट भक्तजनआउने गरेका छन् ।

Facebook Comments