Tue. Dec 24th, 2024

टोखा नगरपालिकाको चौधौं नगर अधिबेशन सम्पन्न

भिओके/काठमाण्डू, २०८० माघ ८ गते सोमबार । टोखा नगरपालिकाले नगरसभाको चौधौं अधिबेशन सम्पन्न गरेको छ । सो अधिवेशनमा टोखा नगरपालीकाका उपप्रमुख मुरारी तामाङले नगरपालिकाको आय व्ययको संशोधित अनुमान सहितको वक्तव्य प्रस्तुत गनुभएको थियो ।

उप प्रमुख मुरारी तामाङले नगरसभाको तेह्रौं अधिवेशनवाट चालु आर्थिक बर्ष २०८०/८१ को लागि रु. १ अरब ८८ करोडको आय-व्ययको अनुमान पारित भई विनियोजन ऐन, २०८० मार्फत नगर कार्यपालिकालाई खर्च गर्ने अख्तियारी प्रदान भएको जानकारी दिनुभयो ।

उपप्रमुखले प्रस्तुत गर्नुभएको वतmव्य अनुसार टोखा नगरपालिकाले चालु आर्थिक बर्ष २०८०/८१ को पुस मसान्तसम्म आन्तरिक श्रोतको कर तथा गैह्रकर सेवा शुल्क तर्फ रु. १५ करोड ५३ लाख ९९ हजार अर्थात ६३.२५ प्रतिशत पाप्त गरेको छ ।  गत बर्षको बाँकी  रकम ६० करोड ५२ लाख ८२ हजार अर्थात ८६.४७ प्रतिशत तथा संघीय सरकार, प्रदेश सरकारवाट प्राप्त अनुदान, अन्य विभिन्न श्रोतबाट प्राप्त रु. ३५ करोड ५७ लाख १८ हजार अर्थात ३८.०७ प्रतिशत गरी जम्मा रु १ अरब ११ करोड ६३ लाख ९९ हजार प्राप्त भई चालु आर्थिक वर्ष २०८०/८१ को लागि कूल अनुमानित आयको ५९.३८ प्रतिशत रहेको बताउनु भयो ।

चालु आर्थिक वर्षकोे लागि स्वीकृत वजेट मध्ये पुस मसान्तसम्म चालु तर्फ रु. १८ करोड ६० लाख ३३ हजार अर्थात २४.७० प्रतिशत तथा पुंजीगत तर्फ रु १४ करोड २२ लाख ४६ हजार अर्थात १२.६७ प्रतिशत गरी कूल रु. ३२ करोड ८२ लाख ७९ हजार अर्थात १७.४६ प्रतिशत खर्च भएको नगरपालिकाले जनाएको छ ।

नगरसभाको तेह्रौं अधिवेशनवाट स्वीकृत भएका ५ सय १८ वटा आयोजनाहरु मध्ये हालसम्म सम्झौता भएका योजना तथा कार्यक्रमहरुको संख्या २ सय १ रहेको छ जसमध्ये ५८ वटा योजनाहरु सम्पन्न भईसकेका र  अन्य कार्यान्वयनको चरणमा रहेको नगरपालिकाले जनाएको छ । समग्रमा तेह्रौं अधिवेशनवाट स्वीकृत आयोजनाहरुहरुको कार्यान्वयनवाट हालसम्म भौतिक प्रगति ३८.८० प्रतिशत र वित्तीय प्रगति १७.४६ प्रतिशत रहेको देखिएको नगरपालिकाका उपप्रमुख मुरारी तामाङले जानकारी दिनु भयो ।

टोखा नगरपालिकाले २० जना नगर प्रहरी भर्ना  कार्यक्रम पनि सम्पन्न गरेको जानकारी दिइएको  छ । नगरपालीकाको आर्थिक बिकासका मुख्य शीर्षकमा उद्योग तथा वाणिज्य, कृषि, पशु, पर्यटन, वित्तीय क्षेत्र र सहकारी रहेका छन् । यस क्षेत्र अन्तर्गतका शीर्षकहरुमा कुल रु. ३ करोड ३९ लाख २० हजार अर्थात १.८० प्रतिशत बजेट विनियोजन भएको थियो । जसमध्ये पौष मसान्त सम्म १६.६४ प्रतिशत खर्च भएको नगरपालीकाले जनाएको छ ।

Facebook Comments