Mon. May 20th, 2024

परराष्ट्र सचिव लम्साल र पाकिस्तानी राजदूतबीच शिष्टाचार भेट

भिओके समाचार/काठमाण्डू, २०८० पुष २७ गते शुक्रबार । नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाशमीले नवनियुक्त परराष्ट्र सचिव सेवा लम्सालसँग शिष्टाचार भेट गर्नुभएको छ ।

आज भएको सो भेटमा पाकिस्तानी राजदूत हाशमीले नवनियुक्त परराष्ट्र सचिव लम्साललाई बधाई ज्ञापन गर्नुहुँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्नुभएको छ । नेपालस्थित पाकिस्तानी राजदूतावासले दिएको जानकारी अनुसार सो भेटमा राजदूत हाशमीले नेपालका नवनियुक्त परराष्ट्र सचिव लम्सालसँग भेटवार्ता गर्न पाएकोमा खुशी व्यक्त गर्नुभएको छ ।

सो अवसरमा पाकिस्तान र नेपालबीचको द्विपक्षीय सम्बन्धकका विभिन्न विषयमा कुराकानी भएको थियो । विशेषगरी शिक्षा, व्यापार, यात्रा, जलवायु परिवर्तन र सार्क आदि विषयमा वार्ता केन्द्रित भएको जनाईएको छ ।

Facebook Comments