Sun. May 5th, 2024

जापान एयरलाइन्सको विमानमा डरलाग्दो आगजनी, सबै यात्रु सुरक्षित

काठमाण्डू, २०८० पुस १७ गते मंगलबार । जापान एयरलाइन्सको विमानमा आज डरलाग्दो आगलागी भएको छ । जापानको राजधानी टोकियोको हानेदा विमानस्थलमा आगलागी भएको जापान एयरलाइन्सको सो विमानमा सवार सबै ३ सय ७९ जना यात्रु र चालक दलका सदस्यलाई भने बाहिर निकालिएको छ ।

जापान एअरलाइन्सको यात्रुवाहक विमान टोकियोको हानेदा विमानस्थलमा अर्को जहाजसँग ठोकिएर आगलागी भएको थियो । होक्काइडोबाट आएको विमान अवतरण गर्ने क्रममा जापानी तटरक्षक विमानसँग ठोकिनेबित्तिकै ठूलो आगलागी भएको थियो । आगलागीकै बीचमा जापान एअरलाइन्सको विमानमा रहेका ३ सय ७९ जना यात्रु र चालक दलका कर्मचारीको उद्धार भएको हो । यसैगरी जापानी तटरक्षक विमानका एक जनाको उद्धार गरिएको र पाँच जना बेपत्ता रहेका जापानी सञ्चारमाध्यमले जनाएका छन् ।

एक घण्टासम्म पनि अग्नि नियन्त्रकले आगो निभाउन नसकेको र हानेदा विमानस्थलबाट हुने सबै उडान स्थगित भएका समाचारहरु स्थानीय सञ्चार माध्यममा छापिएका छन् ।

Facebook Comments