Sun. May 5th, 2024

चीनका भूकम्प प्रभावित क्षेत्रमा पुनः पठनपाठन सुरु    

चीन, २०८० पुस १५ गते आईतबार । भूकम्पबाट प्रभावित उत्तरपश्चिम चीनको कान्सु प्रान्तको चिशिसानस्थित पोनान-तोङ्सिआङ-सलार काउन्टीमा पुनः पठनपाठन सुरु गरिएको छ । भूकम्प प्रभावित साठी हजारभन्दा बढी बिद्यार्थीको लागि कक्षा पुनः पठनपाठन सुरु भएको प्रान्तीय शिक्षा विभागले शनिबार जनाएको छ ।

शुक्रबारसम्म भूकम्पपछि विद्यालय भवन भत्किएका तर वसन्त सेमेस्टरका लागि भर्ना भएका सबै विद्यार्थीका लागि अस्थाई टहरा बनाई कक्षा सञ्चालनमा ल्याइएको छ । यसका लागि एक हजार १६५ घर-टहरा निर्माण गरिएको विभागले जनाएको छ ।

काउन्टीका उच्च माविहरूले यसअघि नै डिसेम्बर २२ देखि अनलाइन कक्षाहरू सुरु गरेका थिए । यसैगरी माध्यमिक र प्राथमिक विद्यालयहरूले बिस्तारै सोमबारदेखि अनलाइन वा अफलाइन कक्षाहरू सुरु गरेका छन् ।

भूकम्पले क्षतिग्रस्त विद्यालय भवनको मर्मत तथा सुदृढीकरणको काम भइरहेको छ ।

गत हप्ता ६.२ म्याग्निच्युडको भूकम्पले लिनक्सिया हुई स्वायत्त प्रान्तको जिशिशानको बोनान-डोङगक्सियाङग–सलार काउन्टीमा व्यापक धनजनको क्षति हुनेगरी धक्का दिएको थियो । भूकम्पका कारण दर्जनौँ मानिसले ज्यान गुमाएका थिए भने सयौँको सङ्ख्यामा भौतिक संरचनाहरू भत्किएर क्षतिग्रस्त अवस्थामा छन् । सिन्ह्वा

Facebook Comments