Mon. May 6th, 2024

विस्फोटको सूचनापछि नयाँदिल्लीस्थित इजरायली दूतावासमा अर्धसैनिक बल तैनाथ

नयाँदिल्ली । नयाँदिल्लीस्थित इजरायली दूतावास बाहिरी क्षेत्रमा विष्पोट भएको सूचनापछि अर्धसैनिक बल दूताबास बाहिरको क्षेत्रमा तैनाथ गरिएको छ ।

प्रहरीका अनुसार दूताबासमा दुई दिन पहिले विस्फोट भएको भन्ने खबर प्रहरीलाई आएपछि प्रहरी त्यहाँ पुगेको हो ।

दुतावास क्षेत्र वरिपरि बिहीबार आवतजावत प्रतिबन्धितको साथै अर्धसैनिक बलहरूको तैनाथी गरेको दृश्यहरू देखिएका छन् ।

दिल्ली प्रहरीलाई मङ्गलबार चाणक्यपुरी कूटनीतिक क्षेत्रस्थित इजरायली दूतावास नजिकै ‘विस्फोट’ भएको फोन आएको थियो । तर अधिकारीहरूले घटनास्थलमा त्यस्तो केही नभेटिएको बताएका थिए । विष्पोट भएको सूचनासहितको फोन दिल्ली फायर सर्भिसले साँझ छ बजे प्राप्त गरेको थियो ।

बुधबार घटनाको छानबिन गर्न राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) लाई खटाइएको थियो ।

अनुसन्धानका लागी दिल्ली प्रहरीले सीसीटीभी फुटेज जाँच पछि दुई ‘संदिग्ध’ लाई नियन्त्रण गरेको छ । यद्यपी अधिकारीहरूले उनीहरूको संलग्नता भने पुष्टि गरेका छैनन् ।

स्रोतका अनुसार मङ्गलबार साँझ इजरायली दूतावास नजिकै घुमिरहेका दुई व्यक्ति ‘विस्फोट’ घटनाका शङ्कास्पद व्यक्तिका रूपमा देखा परेका छन् ।

स्रोतका अनुसार ‘सीसीटीभी फुटेजमा दुईजना व्यक्तिहरू घटनाको समयमा उक्त क्षेत्रमा घुमिरहेका देखिन्छन् । घटनामा उनीहरूको भूमिका भने अझै प्रष्ट हुन सकेको छैन । थप अनुसन्धानपछि उनीहरू घटनाको समयमा त्यस क्षेत्रमा के गर्दै थिए प्रष्ट हुनेछ ।

प्रहरीले संदिग्ध व्यक्ति कसरी त्यहाँ पुगे र के गरे भन्ने पत्ता लगाउन वरपरका सीसीटीभी जाँच गरिरहेको छ । प्रहरीले उनीहरूकोे पहिचानको लागि पनि प्रयास गरिरहेको बताएको छ ।

दिल्ली प्रहरीले मङ्गलबार साँझ ‘विस्फोट’ बारे जानकारी सम्बन्धमा इजरायल दूतावास नजिकै राजदूतलाई सम्बोधन गरेको पत्र फेला पारेको छ ।

“इजरायली दूतावासलाई अङ्ग्रेजीमा लेखेको पत्रमा धम्कीपूर्ण शब्दहरू प्रयोग गरिएको थियो । चिठीमा नाम लेखिएको समूह सर अल्लाह रेजिस्टेन्सको खोजी भएको स्रोतले बताएको छ । एएनआई

प्रतिक्रिया दिनुहोस्
Facebook Comments