Fri. May 3rd, 2024

चीनद्वारा चारवटा मौसम विज्ञान उपग्रह प्रक्षेपण

चीन, चीउक्वान, २०८० पुस ९ गते सोमबार । चीनले सोमबार उत्तर पश्चिम चीनको चिउक्वान स्याटेलाईट प्रक्षेपण केन्द्रबाट चारवटा मौसम विज्ञान उपग्रह सफलतापुर्वक अन्तरिक्षमा पठाएको छ ।

तियानमु-१ मौसमी तारामण्डलका उपग्रहहरू गुआइचौ १ ए रकेटद्वारा पैचिङ समयअनुसार बिहानको ९ बजे प्रक्षेपण गरी योजनाबद्ध कक्षमा प्रवेश गरेका छन् ।

क्वाइचौ(१ ए रकेटको २३ औँ उडान अभियानमार्फत् पठाइएका स्याटेलाईटहरू मुख्य तथा व्यवसायिक मौसमी तथ्याङ्क सेवा प्रदान गर्न प्रयोग गरिने छ । सिन्ह्वा

Facebook Comments