Fri. May 17th, 2024

संघीय सांसदको टोली चीन प्रस्थान

काठमाण्डू, २०८० पुस २ गते सोमबार । सङ्घीय संसद्का सदस्यको एक टोली १० दिने चीन भ्रमणका लागि आज पैचिङ प्रस्थान गरेको छ ।

नेकपा (माओवादी केन्द्र) का मुख्य सचेतक हितराज पाण्डेको नेतृत्वमा २० सदस्यीय टोली आज छन्तु हुँदै पैचिङ प्रस्थान गरेको हो । टोलीमा नेपाली कांग्रेस र नेकपा (एमाले) का पाँच/पाँच, नेकपा (माओवादी केन्द्र) का तीन, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी)का एक/एक सांसद सहभागी हुनुहुन्छ ।

टोलीमा नेपाली कांग्रेसबाट युवराज शर्मा, रामनाथ अधिकारी, ऐनबहादुर शाही, सरस्वती बजिमय र कुसुमदेवी थापा, नेकपा(एमाले)बाट दामोदर वैरागी, मानवीर राई, निर्मला कोइराला, रुक्मिणी राना बराइली र भगवती न्यौपाने, नेकपा(माओवादी केन्द्र) बाट मुख्य सचेतक पाण्डेसहित जगप्रसाद शर्मा र नारायणी शर्मा हुनुहुन्छ ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रमुख सचेतक सन्तोष परियार, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अनिशा नेपाली, जनता समाजवादी पार्टीबाट प्रकाश अधिकारी र नेकपा (एकीकृत समाजवादी) पार्टीका प्रमुख सचेतक मेटमणि चौधरी तथा सङ्घीय संसद् सचिवालयका सचिव सुदर्शन खड्कालगायत हुनुहुन्छ ।

चीनको वाणिज्य मन्त्रालयअन्तर्गतको अन्तर्राष्ट्रिय व्यापार एकेडेमीको कार्यक्रममा सहभागी हुन सांसदहरुको टोली चीन गएको हो । रासस

Facebook Comments