Sat. May 18th, 2024

मानव सेवा आश्रमलाई सरकारले अभिभावकत्व प्रदान गर्छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड' हेटौँडामा नवनिर्मित मानवसेवा आश्रमको मुख्य कार्यालय भवनको शनिबार आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै । तस्बिरः प्रदीपराज वन्त / रासस

हेटौँडा, २०८० मंसिर ३० गते शनिबार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव सेवा आश्रमलाई सरकारले अभिभावकत्व प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मानव सेवा आश्रमले हेटौँडा-९ लामसुरेधापमा निर्माण गरेको भवन आज उद्घाटन गर्दै उहाँले आश्रमले गरिरहेको कामले सरकारलाई झक्झकाएको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले आश्रमबाट भएका कामलाई बिस्तार गर्न सबै प्रदेशमा भवन निर्माण तथा उद्धारलगायतका कामका लागि प्रक्रिया अगाडि बढाएको बताउनुभयो । उहाँले मानवसेवा आश्रमलाई सात वटा सवारी साधन र प्रतिव्यक्ति रु १० हजार नगद उपलब्ध गराउने जानकारी दिनुभयो । आश्रमले मानवता प्रवद्र्धनको पुण्य अभियानका लागि काम गरिरहेकाले आफू उपस्थित भएको बताउनुभयो । रासस

Facebook Comments