Sat. Nov 23rd, 2024

राष्ट्रपति सीको भियतनाम भ्रमण ऐतिहासिकः विदेशमन्त्री वाङ

पैचिङ, २०८० मंसिर २९ गते शुक्रबार । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय समितिका महासचिव तथा चीनका राष्ट्रपति सी चिनफिङले हालै गर्नु भएको भियतनामको राजकीय भ्रमणलाई यस वर्षको चीन(भियतनाम सम्बन्धको सबैभन्दा महत्त्वपूर्ण राजनीतिक घटनाका रूपमा लिइएको छ। भ्रमणले ठूलो सफलता हासिल गरेको चिनियाँ विदेशमन्त्री वाङ यी ले बिहीबार बताउनुभएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य समेत रहनुभएका वाङ यीले उक्त भ्रमणले दुई देशबीचको सम्बन्धमा ऐतिहासिक महत्त्व राखेको उल्लेख गर्नु भएको छ ।

भियतनामी पक्षले यस भ्रमणलाई ठूलो महत्त्व दिएको छ र उच्च स्तरको न्यानो स्वागत र अभूतपूर्व शिष्टाचार देखाएको उल्लेख गर्दै भियतनामका प्रधानमन्त्री फाम मिन चिन र राष्ट्रिय सभाका अध्यक्ष भुङ दिन्ह ह्यु चीनका राष्ट्रपति सीलाई स्वागत गर्न विमानस्थलमै पुग्नु महत्त्वपूर्ण रहेको बताउनु भएको छ ।

यस वर्ष चीन र भियतनामबीचको व्यापक रणनीतिक सहयोग साझेदारीको १५ औँ वार्षिकोत्सव मनाउने क्रममा यस भ्रमणले नयाँ युगको थालनी गरेको विदेशमन्त्री वाङको टिप्पणी छ । सिन्ह्वा

Facebook Comments