Tue. May 14th, 2024

दिवङ्गत पितृको सद्गतिको कामना गर्दै शिवालयमा शतबीज छरियो   

- बालाचतुर्दशी पर्व

काठमाण्डूको पशुपतिनाथ मन्दिर क्षेत्रमा त्रयोदशीको दिन दीप प्रज्वलन गरी राति जाग्राम बसी दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै सोमबार बालाचर्तुदशीको दिन शतबीज छर्ने भक्तजनको घुइँचो। तस्बिर : हरिराम भेटुवाल/रासस

काठमाण्डू, २०८० मंसिर २५ गते सोमबार । दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपतिनाथलगायत देशभरका शिवालयमा शतबीज छरिएको छ । आइतबार रातभर दीपदान गरी बसेका भक्तजनले मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाएका छन् ।

पशुपतिनाथ मन्दिर क्षेत्रमा त्रयोदशीको दिन दीप प्रज्वलन गरी राति जाग्राम बसी दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै सोमबार बालाचर्तुदशीको दिन शतबीज छर्दै भक्तजन । तस्बिर : हरिराम भेटुवाल/रासस

बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट आएका भक्तजनको पशुपतिनाथमा बाक्लो उपस्थिति थियो । पशुपतिनाथ आउन नसक्ने भक्तजनले भने आआफ्ना घर नजिकैको शिवालयमा त्रयोदशीको बेलुकीदेखि महादीपदान गरी चतुर्दशीका दिन बिहान शतबीज छर्ने गर्छन् ।

 

पशुपतिनाथ मन्दिर क्षेत्रमा त्रयोदशीको दिन दीप प्रज्वलन गरी राति जाग्राम बसी दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै सोमबार बालाचर्तुदशीको दिन शतबीज छर्दै भक्तजन । तस्बिर : हरिराम भेटुवाल/रासस

बत्ती बाल्न बस्ने ठाउँ रोक्न आइतबार बिहानैदेखि देशका विभिन्न स्थानबाट आएका भक्तजनको पशुपतिमा भीड लागेको थियो ।

देवघाटमा सोमबार बालाचर्तुदशी अर्थात शतबीज छर्ने दिन बिहान लागेको भक्तजनको भिड । त्रयोदशीको दिन दीप प्रज्वलन गरी राति जाग्राम बसी बालाचतुर्दशीको दिन बिहानै नुहाइधुवाइ गरेर दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शतबीज छरिन्छ । तस्बिर : सनद अधिकारी/रासस

आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ । रासस

Facebook Comments