Sat. Sep 21st, 2024

२० अंकले घट्यो शेयर बजार

भिओके समाचार/२०८० मंसिर १४ गते बिहिबार । साताको अन्तिम कारोबार दिन आज शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । अघिल्ला ३ कारोबार दिनदेखि घटिरहेको शेयर बजार मापक नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो । आज नेप्से परिसूचक २०.२२ अंक घटेर १८५६.३८ विन्दुमा झरेको छ । नेप्से घटे पनि आज कारोबार रकम भने बढेको छ । हिजो १ अर्ब २३ करोडको शेयर कारोबार भएकोमा आज १ अर्ब ३२ करोड ३५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

आज रु रु जलविद्युत परियोजनाको शेयरमूल्य सर्वाधिक ५.६३ प्रतिशत बढेको छ । अन्य स्टकहरुको मूल्य वृद्धिदर भने ४ प्रतिशतभन्दा कम रहेको छ । आज तीन वटा कम्पनीको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जय लघुवित्त, माउन्टेन इनर्जी र युनाइटेड इदी मार्दीको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

कारोबार रकमका आधारमा आज नेपाल इन्स्योरेन्सको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ । सो इन्स्योरेन्सको ११ करोड ६७ लाख रुपैयाँ बराबरको संस्थापक शेयर कारोबार भएको छ । त्यसैगरी, सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको ८ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने युनाइटेड इदी मार्दीको ५ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

Facebook Comments