Sun. May 19th, 2024

माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा

काठमाण्डू, २०८० मंसिर ४ गते सोमबार । जिल्ला प्रशासन कार्यालय काठमाण्डूले माइतीघर मण्डलादेखि नयाँ बानेश्वर चोकसम्म निषेधित क्षेत्र तोकेको छ ।

आज काठमाण्डूका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले काठमाण्डूको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म ३० दिनका लागि निषेधित क्षेत्र घोषणा गरिएको आज प्रकाशित विज्ञप्ति मार्फत जानकारी दिनुभएको छ ।

जारि विज्ञप्तिमा एक वा सोभन्दा बढि समुहद्वारा एकै मिति, समय र स्थानमा भेला जम्मा भई अनसन, धर्ना, घेराउ जस्ता विरोध प्रदर्शन र आन्दोलनका कार्यक्रम गर्न निषेध गरिएको जनाइएको छ ।

Facebook Comments