Fri. May 17th, 2024

राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ प्रमण्डलको भेट

- Wang Junzheng-Visit Nepal

काठमाण्डू, २०८० कात्तिक २३ गते बिहीबार । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग जनवादी गणतन्त्र चीनको स्वशासित क्षेत्र तिब्बतका सचिव वाङ चुनचङले शिष्टाचार भेट गर्नुभएको छ ।

त्यस अवसरमा दुई देशका बीचमा आपसी हित प्रवर्द्धन, सम्बन्ध विस्तार र सहकार्यका विषयमा कुराकानी भएको अध्यक्ष तिमिल्सिनाका प्रेस सल्लाहकार दुर्गाप्रसाद शर्माले जानकारी दिनुभयो ।

अध्यक्ष तिमिल्सिनाले नेपाल र चीन घनिष्ठ र सौहार्दपूर्ण सम्बन्ध रहेका देश रहेको बताउँदै चीनसँगको सौहार्द्रपूर्ण सम्बन्धलाई नेपालले उच्च महत्त्व दिएको कुरामा जोड दिनुभयो । उहाँले नेपाल एक चीन सिद्धान्तप्रति आफ्नो प्रतिबद्धतामा अडिग रहेको समेत बताउनुभयो ।

सो अवसरमा सिपिसीका तिब्बत सचिव चुनचङले नेपाल र चीनका बीचमा रहेको मित्रतापूर्ण सम्बन्ध र सहकार्यको चर्चा गर्दै जाजरकोट भूकम्पपछि पुनःनिर्माणको काममा चीनले सहयोग पुर्‍याउने प्रतिबद्धता जनाउनुभयो । उहाँले नेपालमा भूकम्प जाँदा त्यस्तै भौगोलिक अवस्थिति भएको तिब्बत पनि प्रभावित हुने उल्लेख गर्दै नेपालको भूकम्पको कम्पनले तिब्बतीको मन पनि दुख्ने र उस्तै पीडाको महसुस गर्दै आएका छन् भन्नुभयो ।

Facebook Comments