Fri. Dec 27th, 2024

उद्धारमा परिचालन भएका जहाजलाई निगमको निःशुल्क इन्धन

जाजरकोटमा गए राति गएको भूकम्पमा परी घाइते भएकालाई उपचारका लागि सेनाको हेलिकप्टरबाट सुर्खेत ल्याइएका घाइतेलाई सूर्खेतस्थित प्रदेश अस्पताल लग्दै नेपाली सेनाको टोली । तस्बिर : सुरेश आचार्य/रासस

काठमाण्डू, २०८० कात्तिक १८ गते शनिबार । नेपाल आयल निगमले जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धारका निम्ति परिचालन भएका हवाइजहा4ज तथा हेलिकप्टरमा प्रयोग भएको इन्धनको रकम आफैँले बेहोर्ने जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गए राती आएको भूकम्पले क्षती भएको क्षेत्रमा स्वास्थ्यकर्मीको टोली लिएर जाँनुहुँदै । तस्बिर सौजन्य : प्रधानमन्त्री कार्यालय/रासस

नेपाल एयरलाइन्स र नेपाली सेनाको हवाइजहाज तथा हेलिकप्टरमा प्रयोग गरिएको इन्धनबापतको रकम आर्थिक वर्ष २०८०/०८१ को संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतको कोषबाट निगमले बेहोर्ने निर्णय भएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले राससलाई जानकारी दिनुभयो ।

भूकम्पबाट घाइते भएका जाजरकोट भेरी नगरपालिका– १ र रुकुम पश्चिम सानीभेरी गाउँपालिका– ४ का घाइतेलाई जिल्ला अस्पताल सल्लेले थप उपचारका लागि नेपालगन्ज रिफर गरेपछि उनीहरुलाई नेपालगन्ज लगिँदै । तस्बिरःपरिचन्द्र खत्री

राससका अनुसार निगमले भूकम्पमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्नका साथै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

Facebook Comments