Mon. May 11th, 2026

एमालेको चियापानमा प्रधानमन्त्री प्रचण्ड र सभापति देउवा सहभागी

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वका अवसरमा बुधबार आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सहभागी हुनुहुँदै । तस्बिर : प्रदीपराज वन्त/रासस

       

काठमाण्डू, २०८० कात्तिक १५ गते बुधबार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत नेताहरु नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट नेपालीहरूको चाडपर्वका अवसरमा आज आयोजना गरिएको चियापानमा सहभागी हुनुभएको छ ।

सो पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा जारी चियापानमा पुग्नुभएका प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहाल र पूर्व प्रधानमन्त्री देउवालाई एमालेका अध्यक्ष ओलीलगायत नेताहरुले स्वागत गर्नुभएको थियो । यस्तै प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, नेकपा (एकीकृत समावजवादी) का सम्माननित नेता झलनाथ खनाल, माओवादीका उपमहासचिव जनार्दन शर्मा, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा सिका महासचिव नेत्रविक्रम चन्दलगायत विभिन्न पार्टीका नेता, कार्यकर्ता, समाजका विभिन्न क्षेत्रका प्रतिनिधि चियापानमा सहभागी हुनुभएको छ ।

एमालेले पार्टीका कार्यकर्ताका लागि १२ः३० र विशिष्ट पाहुना र अन्य व्यक्तिका लागि २ः३० बजे चियापानमा सहभागी हुन आमन्त्रण गरेको थियो । रासस

Facebook Comments