Tue. May 21st, 2024

महासचिव गुटेरेस पुलचोकस्थित संयुक्त राष्ट्रसङ्घ भवनमा   

- महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण

नेपालभ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई सोमबार ललितपुर पुल्चोकस्थित संयुक्त राष्ट्रसङ्घ भवनमा गरिएको स्वागत कार्यक्रममा सहभागी हुँदै । तस्बिर : रत्न श्रेष्ठ, रासस

काठमाण्डू, २०८० कात्तिक १३ गते सोमबार । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस ललितपुरको पुलचोकस्थित संयुक्त राष्ट्रसङ्घ भवनमा आयोजित स्वागत समारोहमा सहभागी हुनुभएको छ ।

नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस सोमबार ललितपुर पुल्चोकस्थित संयुक्त राष्ट्रसङ्घ भवन परिसरमा वृक्षरोपण गर्नुहुँदै । तस्बिर : रत्न श्रेष्ठ, रासस

राष्ट्रसङ्घको नेपालस्थित कार्यालयका तर्फबाट आयोजना गरिएको स्वागत समारोहमा महासचिव गुटेरेस र संयुक्त राष्ट्रसङ्घका विशिष्टिकृत निकाय, कोष तथा कार्यालयका प्रतिनिधिहरू, कर्मचारी सहभागी हुनुहुन्छ । चारदिने नेपालमा भ्रमणका क्रममा रहनुभएका महासचिव गुुटेरेस आज संयक्त राष्ट्रसङ्घको भवनमा पुग्नुभएको हो ।

Facebook Comments