आजका मनैछुने तस्विरहरु October 26, 2023 भिओके पोखरा महानगरपालिका–३३ स्थित जुके पाखाबाट बिहीबार बिहान देखिएको सुन्दर हिमशृङ्खला । तस्बिर : कृष्ण दवाडी, रासस काठमाण्डू, २०८० कात्तिक ९ गते बिहीबार । चितवनको नारायणी नदीमा बिहीबार मोटरबोटमा जलबिहार गरिरहेका आन्तरिक पर्यटक । यहाँ दशैँको अवसरमा दैनिक करिब दुई हजार आन्तरिक पर्यटक जलविहारका लागि आउने गरेका छन् । तस्विर : कृष्ण आचार्य, रासस तनहुँको व्यास नगरपालिका–५ मानुङकोटबाट बिहीबार बिहान देखिएको हिमशृङ्खला । यहाँबाट धौलागिरी, माछापुच्छ«े, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ । तस्बिर : कृष्ण न्यौपाने, रासस बागलुङको गलकोट नगरपालिकाका किसानलाई बडादसैँ लगत्तै धान भित्र्याउन चटारो । तस्बिर : रामबहादुर थापा, रासस रुकुम पश्चिमको मुसीकोट नगरपालिका–१ जन्ती बस्ने लेकबाट देखिएको सिस्ने हिमाल । तस्बिर : परिचन्द्र खत्री, रासस पोखरा महानगरपालिका–३२ तल्लो गगनगौँडा बेलबुटेमा धान भित्र्याएपछि कुनियो लगाउँदै । तस्बिर : वासुदेव पौडेल, रासस धादिङको नीलकण्ठ नगरपालिका–६ सुनौलाबजारमा रहेको ऐतिहासिक भैरवी मन्दिर । पहाडको टुप्पोमा बन्दै गरेको मन्दिर पछिल्लो समय आकर्षणको केन्द्र बन्दै गएको छ । तस्बिरः शंकर श्रेष्ठ/रासस धादिङको नीलकण्ठ नगरपालिका-६ सुनौलाबजारमा रहेको ऐतिहासिक भैरवी मन्दिर । पहाडको टुप्पोमा बन्दै गरेको मन्दिर पछिल्लो समय आकर्षणको केन्द्र बन्दै गएको छ । तस्बिरः शंकर श्रेष्ठ, रासस धादिङको नीलकण्ठ नगरपालिका-६ सुनौलाबजार। तस्बिरः शंकर श्रेष्ठ/रासस Facebook Comments Continue Reading Previous मनकामना केबलकार सञ्चालनमाNext नेपाल भारतीय पर्यटकको सहज र आकर्षक गन्तव्य : आचार्य बालकृष्ण सम्बन्धित समाचार 1 min read बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण November 24, 2024 भिओके 1 min read सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट November 24, 2024 भिओके 1 min read राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेन जलविद्युत् आयोजनाको बिजुली November 23, 2024 भिओके