Fri. May 17th, 2024

राष्ट्रपति पौडेलसँग संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको शिष्टाचार भेटवार्ता

- महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण

राष्ट्रपति रामचन्द्र पौडेलसँग आइतबार शितल निवासमा शिष्टाचार भेट गर्नुहुँदै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस। तस्बिरः रत्न श्रेष्ठ / रासस

काठमाण्डू, २०८० कात्तिक १२ गते आईतबार । राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रपति भवनमा आज अपराह्न शिष्टाचार भेट गर्नुभयो ।

राष्ट्रपति रामचन्द्र पौडेलसँग आइतबार शितल निवासमा शिष्टाचार भेट गर्नुहुँदै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस। तस्बिरः रत्न श्रेष्ठ / रासस

त्यस अवसरमा राष्ट्रपति पौडेलले लामो समयदेखि नेपालको विकास साझेदारका रुपमा रहेको संयुक्त राष्ट्रसङ्घलाई नेपालले उच्च प्राथमिकतामा राखेको बताउँदै उक्त विश्व संस्था र त्यस अन्तर्गतका विशिष्टीकृत निकाय, कोष तथा कार्यक्रमले नेपालको सामाजिक, आर्थिक विकास एवम् दिगो विकास लक्ष्य प्राप्तिमा निरन्तर गरेको सहयोगप्रति कृतज्ञता ज्ञापन गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । रासस

Facebook Comments