Fri. May 17th, 2024

कोरोना संक्रमितको संख्या अमेरिकामा चीनको भन्दा दोब्बर

काठमाडौं, २०७६ चैत १८ गते मंगलबार

अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या चीनको भन्दा दोब्बर भएको छ ।

कोरोना भाइरसको संक्रमण चीनमा सुरुवात भए पनि यसको नियन्त्रणमा चीन सरकारले चालेका महत्वपूर्ण कदमहरुबाट विश्वका अन्य मुलुकहरुको तुलनामा चीनले कम क्षतिमै सफलता हासिल गरिसकेको छ ।

अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रंपले यत्तिसम्म पनि भन्नु भएको छ कि अमेरिकाले कोरोना भाइरसबाट हुन सक्ने मृत्युलाई एकलाखमा सिमित गर्न सक्यो भने यो अत्यन्त ठूलो उपलब्धि हुनेछ । पछिल्लो जानकारी अनुसार अमेरिकामा कोरोना संक्रमित मानिसहरुको संख्या १ लाख ६० हजार पुगेको छ । जबकि यो संख्या चीनमा ८२ हजार १ सय ९८ थियो ।

जर्मनी कोरोना संक्रमणको हिसावले विश्वको दोश्रो ठूलो देश हो भने ईटाली तेश्रो । विविसीका अनुसार कोरोना उद्गम चीनमा ३० मार्चको आँकडा अनुसार ४८ जनामा संक्रमण फेला परेको छ । तर ति सवै विदेशबाट आएका हुन् । यसैका साथै हुपै प्रान्तमा १ जनाको ज्यान गएको छ ।

चीनमा कोरोना भाइरसको कारण ३ हजार भन्दा धेरै मानिसहरुको मृत्यु भएको थियो भने ८२ हजार संक्रमित थिए । त्यसैगरी ७५ हजार भन्दा धेरै उपचारपछि घर फर्किएका थिए । कोरोना भाइरसको संक्रमण चीनको उहान शहरमा सन् २०१९ को डिसेम्बर ७ मा देखिएको थियो ।

Facebook Comments