Fri. Dec 27th, 2024

चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन

काठमाण्डू, २०८० कात्तिक १० गते शुक्रबार । चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन भएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको १७औँ, १८औँ र १९औँ केन्द्रीय समितिका राजनीतिक ब्यूरोका स्थायी समितिका सदस्य ली खछ्याङको आज शुक्रबार बिहान सांघाईमा निधन भएको हो ।

सिन्ह्वा न्यूज एजेन्सीका अनुसार गएराति उहाँलाई हृदयघात भएलगत्तै अस्पताल भर्ना गरिएको थियो । तर सबै उपचारका उपायहरू असफल भएका थिए । चिकित्सकहरुले बिहान १२ बजेर १० मिनेट जाँदा उहाँको निधन भएको घोषणा गरेका थिए । उहाँ ६८ वर्षको हुनुहुन्थ्यो ।  ली खछ्याङ गत मार्च महिनामा मात्र प्रधानमन्त्रीको दोस्रो कार्यकाल पूरा गरेर बिदा हुनुभएको थियो ।

ली सत्तारूढ चिनियाँ कम्युनिस्ट पार्टीका दोस्रो वरियताका नेता हुनुहुन्थ्यो । सक्रिय राजनीतिबाट अलग भएपछि उहाँ चीनको सबैभन्दा ठूलो औद्योगिक महानगरी सांघाईमा बस्नु हुन्थ्यो । रहेका ली पछिल्लो समय सांघाइमा बस्दै आएका थिए ।

Facebook Comments