Fri. May 3rd, 2024

चीनद्वारा अन्तरीक्ष स्टेसनमा नयाँ मिसन प्रक्षेपण

काठमाण्डू, २०८० कात्तिक ९ गते बिहीबार । चीनले बढ्दो अन्तरिक्ष कार्यक्रमको नयाँ मिसनअन्तर्गत आज बिहीबार चिनियाँ अन्तरीक्ष  स्टेसनमा एउटा नयाँ दल पठाएको छ ।

चीनले उक्त मिसनअन्तर्गत सन् २०३० सम्ममा चन्द्रमामा मानिसलाई पठाउने योजना बनाएको छ । उत्तरपश्चिम चीनको चीउ क्वान प्रक्षेपण स्थलबाट स्थानीय समयअनुसार बिहान ११ः१४ बजे अन्तरिक्ष स्टेसनको निर्माणपछि सबैभन्दा कम औसत उमेर भएका तीनजना अन्तरिक्ष यात्री लिएर शनचौ नम्बर १७ मानव यान उडेको थियो । आज बिहान विदाइ समारोहमा अन्तरिक्ष यात्रीहरूले रकेट प्रक्षेपणको तयारीका लागि प्रस्थान गर्नुअघि पर्यवेक्षकहरूलाई विदाइ गरेका थिए । अन्तरिक्ष यान लङ्ग मार्च-२ एफ वाहक माथि रहेको उक्त रेकट चीउ क्वान स्याटेलाइट सेन्टरबाट उडेको चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वा समाचार समितिले भनेको छ ।

उक्त टोलीको नेतृत्व ताङ होङ्पोेले गरिरहनु भएको छ । उहाँ अन्तरिक्ष स्टेसनमा आफ्नो पहिलो फिर्ती अभियानमा रहनुु भएको छ । उहाँसँगै ताङ सेङ्ची र च्याङ चिङलिन पनि रहेनु भएको छ । यो उहाँहरूको पहिलो अन्तरिक्ष अभियान हो । सबै पुरुष चालक दलको औसत उमेर ३८ वर्ष रहेको छ । अन्तरिक्ष स्टेसनको अभियानमा उहाँहरु सबैभन्दा कान्छो उमेर समूहका हुनुहुन्छ ।

चीनले विश्वका लागि खुला हुने नीति अबलम्वन गरेपछिका झण्डै ४० वर्षमा विश्वलाई नै आश्चर्यमा पार्ने हिसावले अन्तरीक्ष विज्ञानमा फड्को मारेको छ । कृषि, यातायात, उद्योग, विश्व व्यापार लगायतका क्षेत्रमा चीनले द्रुत गतिमा काम गरिरहेको छ ।

Facebook Comments