Tue. Apr 30th, 2024

पर्यटकीय क्षेत्र सुकेटारमा ‘सिसी क्यामेरा’ जडान   

फुङ्लिङ, २०८० कात्तिक ६ गते सोमबार । ताप्लेजुङको फुङ्लिङ नगरपालिका-६ स्थित पर्यटकीय क्षेत्र सुकेटार बजारमा सिसी क्यामेराबाट निगरानी गरिने भएको छ । सुकेटार क्षेत्रको शान्तिसुरक्षा समेतलाई दृष्टिगत गरी सिसी क्यामेरा जडान गरिएसँगै सिसी क्यामेराबाट निगरानी हुन थालेको हो ।

फुङ्लिङ-६ को आर्थिक लगानीमा सुकेटार क्षेत्रमा पाँच सिसी क्यामेरा जडान गरिएको वडाध्यक्ष मदन गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार सुकेटार विमानस्थल र बजारक्षेत्रलाई निगरानी गर्न सिसी क्यामेरा जडान गरिएको छ । आवश्यकताअनुसार सिसी क्यामेरा थप गर्ने योजना रहेको उहाँको भनाइ छ ।

यस्तै, सुकेटारमा फोहरमैला बिसर्जन गर्न ३० डस्टविन (फोहर दानी) राखिएको पनि वडा कार्यालयले जनाएको छ । राससका अनुसार  प्रायः आन्तरिक पर्यटकको चहलपहल भइरहने सुकेटार क्षेत्रमा पर्यटकीय मौसममा भने आन्तरिक तथा विदेशी पर्यटकको आगमनले निकै भीड हुने गरेको छ ।

Facebook Comments