Sun. Apr 6th, 2025 08:17:14

सेनाको विमानबाट उपचार सामग्री विभिन्न भागमा पुर्याईयो

काठमाडौं, २०७६ चैत १७ गते सोमबार

चीनबाट ल्याइएको कोरोना संक्रमणको जाँच तथा उपचारका उपकरण नेपाली सेनाले देशका विभिन्न भागमा पुर्याएको छ ।

नेपाली सेनाको स्काइ भ्यानले आजे सूर्खेत, धनगढी र विराटनगरमा ती सामाग्रीहरू पुर्याइ सकेको नेपाली सेनाको मुख्यालयले जनाएको छ । सो सामाग्री लिएर स्वस्थ्य राज्यमन्त्री नवराज रावत सुर्खेत जानु भएको थियो भने स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ विराटनगर जानु भएको थियो ।

 सडकबाट पुर्याउन जोखिम हुनेखालका केही अत्यावश्य सामग्री स्काइ भ्यानबाट देशका विभिन्न भागमा पुर्याईएको र बाँकी सामाग्री सडक मार्गबाट पुर्याउन लागिएको सेनाको भनाइ छ । आज विहान ७ः३० बजे ती सामाग्री बोकेर धनगढी जाँदै गरेको सेनाको स्काइ भ्यानमा बीच बाटोमा त्यसमा रहेको केमिकलको गन्ध आए पछि विमान काठमाडौं फर्किएको भए पनि पुनः उडान गरी त्यसतर्फ पठाइएको थियो । गोरखापत्र अनलाईनबाट

Facebook Comments