Tue. Apr 30th, 2024

बेल्ट एन्ड रोड अन्तर्राष्ट्रिय सहयोगको प्रशस्त उपलब्धि : राष्ट्राध्यक्ष सी

पैचिङ, २०८० कात्तिक १ गते बुधबार । चीनका राष्ट्राध्यक्ष सी चिनफिङले बेल्ट एन्ड रोड अन्तर्राष्ट्रिय सहयोगले १० वर्षयको अवधिमा प्रशस्त उपलब्धि हासिल गरेको बताउनु भएको छ ।

तेस्रो बेल्ट एन्ड रोड अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चको उद्घाटन समारोहमा आज (अक्टोबर १८) पैचिङमा आयोजित  उद्घाटन समारोहलाई संवोधन गर्दै  राष्ट्राध्यक्ष सीले यो धारणा व्यक्त गर्नुभएको हो ।

बेल्ट एन्ड रोड सहयोगले एक दशकको अवधिमा योजनाको रेखाचित्रलाई वास्तविक रेखाचित्रमा रूपान्तरण गरेको र ठूलो संख्यामा ल्यान्डमार्क परियोजना र “साना तर सुन्दर” परियोजनालाई व्यवहारमा उतारिएको सीले जानकारी दिनुभयो।

चिनियाँ सञ्चार माध्यमले जनाए अनुसार सीले दश वर्षयता आर्थिक करिडोरको नेतृत्वमा प्रमुख च्यानल र सूचना राजमार्ग,  रेल, राजमार्ग, विमानस्थल, बन्दरगाह, पाइपलाइन नेटवर्क समेत स्थल, समुद्र, हवाई लगायत विश्वव्यापी अन्तरसम्बन्ध सञ्जाल  निर्माण गर्न प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले यस परियोजनाले विभिन्न मुलुकका सामान, पूँजी, प्रविधि, मानवीय आवत-जावतलाई प्रभावकारी रूपमा बढाएर हजारौँ वर्षदेखि चलेको पुरानो सिल्क रोडलाई नयाँ युगमा पुनर्जीवित गरेको धारणा व्यक्त गर्नुभयो।

राष्ट्राध्यक्ष सीले भन्नुभयो, ‘बेल्ट एन्ड रोडको निर्माण गर्न सबैले समर्थन गर्नुपर्छ भने आफूले मात्र राम्रो जीवन बिताउने होइन तर अरूलाई पनि राम्रो जीवन बिताउन दिने हो, अन्तर्सम्पर्क, आपसी हितयुक्त सहयोग र साझा विकास गर्ने हो। वैचारिक टकराव, भूराजनीतिक खेल, गुटको राजनीतिक घर्षणमा संलग्न हुने होइन बरू एकपक्षीयता, आर्थिक बल प्रयोग, विभाजनको विरोध गर्ने हो।’

राष्ट्राध्यक्ष सी चिनफिङले चीनले बेल्ट एन्ड रोडको संयुक्त रूपमा उच्चस्तरीय निर्माण गर्ने आठ वटा कार्यक्रम अर्थात् बेल्ट एन्ड रोड त्रि-आयामिक अन्तरसम्बन्ध नेटवर्कको रचना गर्ने, खुला विश्व अर्थतन्त्रको निर्माण गर्न समर्थन गर्ने, व्यावहारिक सहयोग गर्ने, हरित विकासलाई प्रबर्द्धन गर्ने, विज्ञान तथा प्रविधिको नवीन सिर्जना गर्ने, जनस्तरीय आवत-जावतको समर्थन गर्ने, अखण्डताको बाटो अपनाउने, बेल्ट एन्ड रोड अन्तर्राष्ट्रिय सहयोग प्रणालीको सुधार गर्ने विषयको समर्थन गर्ने बताउनुभयो ।

Facebook Comments