Mon. May 6th, 2024

बडादशैंको चौथो दिन आज कूष्माण्डा देवीको पूजा गरी मनाइँदै

भिओके समाचार/काठमाण्डू, २०८० कात्तिक १ गते बुधबार । बडादशैंको चौथो दिन आज  कूष्माण्डा देवीको पूजाआजा गरि मनाइँदै छ । नेपालीहरूको महान चाड बडादशैँको चौथो दिन आज देशैभरका शक्तिपीठ, देवी मन्दिर तथा घरघरका पूजाकोठाहरूमा देवीभवानी कूष्माण्डा माताको पूजा आराधना गरिंदै छ ।

कूष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । देवी कूष्माण्डाले ब्रह्माण्डको सृष्टि गरी पृथ्वी रचनाका लागि सूर्य भगवानलाई आफ्नो तापशक्ति दिएर प्रज्वलित बनाएको र अन्य ग्रहको समेत रचना गरी पूरै सौर्यमण्डल सञ्चालन गरेको देवीभागवत् लगायतका ग्रन्थहरूमा उल्लेख छ ।

कूष्माण्डाको लौकिक अर्थ कुभिण्डो हो । उष्ण हावापानीको प्रकृतिमा हुर्किने तर भित्री गुण शीतप्रद हुने फल कुभिण्डोलाई कूष्माण्डा देवीको प्रतीक मानेर दशैँमा यसको पूजाआजा गर्ने चलन छ ।

Facebook Comments