Fri. May 10th, 2024

बडादशैंको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा गरिँदै

काठमाण्डू, २०८० असोज २९ गते सोमबार । बडादशैंको दोस्रो दिन आज देशभरका शक्तिपीठ र दशैं घरहरूमा ब्रह्मचारिणी देवीको पूजा गरिँदै छ ।

बह्म अर्थात् तपस्याको आचरण गर्ने भएकीले देवीलाई ब्रह्मचारिणी भनिएको हो । ब्रह्मचारिणीलाई देवी दुर्गाको दोस्रो स्वरूपका रूपमा लिइछ । आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको बडादशैं पूर्णिमासम्म परम्पराअनुसार दुर्गा भवानीको पूजा आराधना गरी हर्षोल्लासका साथ मनाउने गरिन्छ ।

दशैंको पहिलो दिन हिजो घटस्थापनामा शैलपुत्री देवीको पूजापाठ गरिएको थियो । ब्रह्मचारिणी देवीको आराधना गर्नाले ज्ञान सिद्ध हुनुको साथै विजय प्राप्त हुने विश्वास रहिआएको छ । यस दिन कुमारी कन्याहरूको पूजा गर्ने प्रचलन पनि छ । कन्यालाई घरमा बोलाएर पूजा गरी भोजन गराएपछि मात्र आफूले भोजन गर्ने गरिन्छ । शास्त्रीय प्रमाणहरूको  आधारमा हरेक शुभ कार्यमा गरिने कन्या पूजाका लागि दुई वर्षसम्मका बालिकाहरू योग्य रहेको मानिन्छ ।

नवरात्रभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ । नवरात्रभर देशका विभिन्न शक्ति पीठहरूमा दर्शन गर्न भक्तजनको घुइँचो लाग्ने गर्छ ।

बडादशैंको दोस्रो दिन आज देशभरका शक्तिपीठ र दशैं घरहरूमा ब्रह्मचारिणी देवीको पूजा गरिँदै छ ।

Facebook Comments