Fri. May 3rd, 2024

शेयर बजारको ओरालो यात्रा रोकिएन

भिओके समाचार/काठमाण्डू, २०८० असोज २९ गते सोमबार । यो साताको पहिलो कारोबार दिन आज शेयर बजार घटेर बन्द भएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज २३.१६ अंकले घटेर १८५१.४३ विन्दुमा झरेको छ । नेप्से घटे पनि आज कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन १ अर्ब ७० करोडको शेयर कारोबार भएकोमा आज १ अर्ब २५ करोड ३२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

आज १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २.०९ प्रतिशत घटेको छ । होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने वित्त, लगानी लघुवित्त, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।

कारोबार रकमका आधारमा आज प्रभु बैंकको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ । सो बैंकको ६ करोड २४ लाख रुपैयाँ बराबरको संस्थापक शेयर कारोबार भएको छ । त्यसैगरी, हाथवे इन्भेष्टमेन्टको ५ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । सिद्धार्थ प्रिमियम इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक ७.८७ प्रतिशत बढेको छ ।

त्यस्तै, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को इकाईमूल्य ७ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । आज दुई वटा स्टकको शेयर नकरात्मक सर्किट लेभलमा कारोबार भएको छ । सयपत्री हाइड्रोपावर र हाथवे इन्भेष्टमेन्टको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

Facebook Comments