Sat. May 4th, 2024

गाजा क्षेत्रमा मानवीय पहुँचका लागि राष्ट्रसङ्घका महासचिवको आह्वान

काठमाण्डू, २०८० असोज २९ गते सोमबार । संयुक्त राष्ट्रसङ्घ । सयुंक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले आइतबार गाजा क्षेत्रमा यथाशीघ्र मानवीय सहायता पुर्याउन आग्रह गर्नु भएको छ । उहाँले हमासद्वारा बन्धक बनाइएका मानिसहरूलाई तुरुन्त रिहा गर्न आह्वान गर्नुभएको छ ।

“मध्यपूर्व अहिले असहज परिस्थितिमा छ”, उहाँले भन्नुभयो । हमासले बन्धकहरूलाई तुरुन्तै रिहा गर्न र इजराइलले गाजा क्षेत्रका नागरिकहरूलाई मानवीय सेवाको आपूर्ति तथा आवश्यक कामदारका लागि सहायता प्रदान गर्नु आवाश्यक रहेको महासचिवको धारणा छ ।

जोर्डन, पश्चिम किनार र इजराइलमा खाद्यान्न, पानी, गैर खाद्यवस्तु, चिकित्सा, एवं इन्धनको आवश्यकता रहेको भन्दै महासचिवले त्यसको तत्काल आपूर्तिका निम्ति आग्रह गर्नु भएको छ । सिन्ह्वा

Facebook Comments