Sat. Dec 28th, 2024

राष्ट्रपतिसमक्ष तीनवटा आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाण्डू, २०८० असोज २५ गते बिहीबार । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज विभिन्न तीनवटा संवैधानिक आयोगका प्रतिवेदनहरु पेस गरिएका छन् ।

राष्ट्रपति कार्यालयमा आयोजित बेग्लाबेग्लै समारोहमा लोक सेवा आयोग, भाषा आयोग र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस भएको हो ।

लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मीले ६४औँ वार्षिक प्रतिवेदन, भाषा आयोगका अध्यक्ष डाक्टर गोपाल ठाकुरले सातौँ वार्षिक प्रतिवेदन र वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्नुभएको हो ।

Facebook Comments