Sat. May 4th, 2024

जेलमा रहेकी इरानी मानव अधिकारकर्मी नर्गेसलाई नोबेल शान्ति पुरस्कार

ओस्लो, २०८० असोज १९ गते शुक्रबार । इरानमा महिलामाथिको दमनविरुद्ध लड्दै आएकी महिला अधिकारकर्मी नर्गेस मोहम्मादीलाई यस वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गरिने भएको छ । हाल उहाँ इरानको जेलमा हुनुहुन्छ ।

नर्वेली नोबेल कमिटीका अध्यक्ष बेरिट रेइस-एन्डर्सनले आज उक्त पुरस्कारको घोषणा गर्नुभएको हो ।

पुरस्कारको रकम एक करोड १० लाख स्विडिस क्रोनर (करिब १० लाख अमेरिकी डलर) रहेको छ । डिसेम्बरमा नोबेल पुरस्कार प्रदान गर्दा उहाँलाई १८ क्यारेटको स्वर्ण पदक र डिप्लोमा समेत प्रदान गरिने छ । एपी

Facebook Comments