Mon. Nov 25th, 2024

प्रसिद्ध गायिका दिलमाया खातीको निधन

काठमाण्डू, २०८० असोज १७ गते बुधबार । प्रसिद्ध गायिका दिलमाया खातीको ८६ वर्षको उमेरमा दार्जीलीङमा निधन भएको छ । आफ्नै निवास दार्जीलीङको घुममा मंगलबार साँझ ९.३० वजे निधन भएको उनको पारिवारले जनाएको छ ।

स्वर सम्राट नारायण गोपाल दिल मायाको ठूलो फ्यान थिए । स्वरसम्राट नारायण गोपालसँग “विछोडको पिडा नसकी खप्न दशैंको बेला तिमीलाई भेट्न आउँदैछु फर्की रमाइलो गाउँमा…” बोलको गीत गायकी दिलमायालाई “मेलोडी मुन” भनेर पनि चिनिन्छ ।

२०१८ सालमा दिलमायाले पहिलो पटक रेडियो नेपालमा गीत रेर्कड गराएकी थिइन् । त्यसबेला रेडियो नेपालले आयोजना गरेको संगीत प्रतियोगितामा स्वर्ण पदक जितेर पहिलो स्थान हासिल गर्न पनि सफल भएकी थिइन् ।

रेडियो नेपालका अनुसार  नेपाली संगीतप्रतिको समर्पण र योगदानका लागि उनलाई देवकोटा सम्मान, शिखा सुर सम्मान, लहानी नेपाल सम्मान, गुञ्जन सम्मान र भूपाल संगीत पुरस्कारबाट सम्मानित गरिएको थियो ।सन् १९३७ अगस्ट ६ तारीखमा उनको जन्म भएको थियो ।

Facebook Comments