Sun. Nov 24th, 2024

प्रधानमन्त्री ‘प्रचण्ड’ र चिनियाँ कम्युनिष्ट पार्टीको सछुवान प्रान्तका सचिव वाङ सियाओ हुईबीच भेटवार्ता

- प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण

चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ कम्युनिष्ट पार्टीको सछुवान प्रान्त कमिटीका सचिव वाङ सियाओ हुईबीच आज सियानमा भेटवार्ता भएको छ । वार्तामा नेपाली प्रतिनिधिमण्डलका सदस्यहरू र सछुवान प्रान्तका वरिष्ठ अधिकारीहरू सहभागी हुनुहुन्थ्यो । तस्बिरः प्रदीपराज वन्त, रासस

छन्तु, चीन, २०८० असोज १२ गते शुक्रबार । चीनको ८ दिने औपचारिक भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ कम्युनिष्ट पार्टीको सछुवान प्रान्त कमिटीका सचिव वाङ सियाओ हुईबीच आज छन्तुमा भेटवार्ता भएको छ ।

सो भेटवार्तामा दुईदेशबीचको मैत्रीपूर्ण सम्बन्ध, आपसीहितका विभिन्न विषय र नेकपा माओवादी केन्द्र र चिनियाँ कम्युनिष्ट पार्टीबीचको आपसी सम्बन्धका विषयमा गहन छलफल भएको स्रोतले बताएको छ । छलफलमा नेपाली प्रतिनिधिमण्डलका सदस्यहरू र सछुवान प्रान्तकावरिष्ठ अधिकारीहरू सहभागी हुनुहुन्थ्यो ।

सो वार्ताका क्रममा प्रधानमन्त्री प्रचण्डले छन्तु नेपालबाट नजिकको सहर भएकाले नेपाली व्यवसायीहरूको पनि केन्द्र रहेको भन्दै यहाँबाट नेपालले कृषि उत्पादन तथा कृषिजन्य उद्योगका क्षेत्रमा पनि आवश्यक मात्रामा लाभ लिन सक्दछ भन्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले आफूले यस पटक चीनका राष्ट्रपति सि चिनफिङका साथै प्रधानमन्त्रीसँग पनि द्विपक्षीय भेटवार्ता गर्ने अवसर पाएको र उहाँहरूले नेपाललाई दिएको महत्त्वबाट आफू प्रभावित रहेको बताउनुभयो ।

सो वार्ताका क्रममा सचिव वाङले चीन र नेपालसँगै रहेको र अन्तर्राष्ट्रिय मञ्चहरूमा पनि एउटै आवाजका साथमा एकसाथ रहेको बताउनुभएको थियो । उहाँले चीन नेपालको सधैँ उन्नति र प्रगतिको पक्षमा रहेको र नेपालका आर्थिक सामाजिकलगायत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको बताउनुभएको थियो ।

प्रधानमन्त्री प्रचण्डले चीनले विज्ञान प्रविधि तथा भौतिक विकासदेखि लिएर धेरै क्षेत्रमा निकै नै महत्त्वपूर्ण प्रगति गरेकामा बधाई ज्ञापन गर्दै चीन नेपालको एक घनिष्ट मित्र रहेका नाताले सदैव नेपालको हित र विकास चाहने गरेको बताउनुभएको थियो ।

चीनले नेपाललाई अप्ठेरो अवस्थामा पनि सहयोग गर्दै आएको प्रसङ्ग उल्लेख गर्दै यस पटकको चीन भ्रमणले दुई देशबीचको मित्रतालाई थप सुमधुर बनाउन काम गरेको र द्विपक्षीय सम्बन्धका नयाँ आयामहरू सिर्जना गरेको प्रधानमन्त्री प्रचण्डले सो द्विपक्षीय वार्तामा बताउनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।

सो वार्ताका क्रममा सचिव वाङले चीन र नेपालसँगै रहेको र अन्तर्राष्ट्रिय मञ्चहरूमा पनि एउटै आवाजका साथमा एकसाथ रहेको बताउनुभएको थियो । उहाँले चीन नेपालको सधैँ उन्नति र प्रगतिको पक्षमा रहेको र नेपालका आर्थिक सामाजिकलगायत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको बताउनुभएको थियो ।

उहाँले प्रधानमन्त्री दाहालको चीन भ्रमण सफल भएकोमा बधाई दिँदै आगामी दिनमा नेपालका विभिन्न क्षेत्रमा सहयोग गर्न तथा लगानी गर्न तयार रहेको बताउनुभयो ।

सो वार्तामा नेपालका तर्फबाट प्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री नाराणप्रकाश साउद, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, खानेपानीमन्त्री महिन्द्र राय यादव, प्रधानमन्त्री दाहालका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्य, राष्ट्रिय सुरक्षा सल्लाहकार शङ्करदास वैरागी, मुख्यसचिव डा. वैकुण्ठ अर्याल, विभिन्न मन्त्रालयका सचिवहरूको सहभागिता थियो ।

यसअघि तिब्बतबाट छन्तु पुग्नु भएका प्रधानमन्त्री प्रचण्डलाई छन्तु अन्तरर्राष्ट्रिय विमानस्थलमा सछुवान प्रान्तका उपगभर्नर याङ सिङफिङ, विदेश मन्त्रालयको सछुवान प्रान्तका निर्देशक चाङ ताओ र विदेश मन्त्रालयको एसियाली मामिलासम्बन्धी विभागका प्रमुखले स्वागत गर्नुभएको थियो । भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले आज दिउसो छन्तुस्थित पाण्डा प्रजनन केन्द्रको निरीक्षण गर्नुभएको थियो ।प्राप्त समाचार अनुसार प्रधानमन्त्री प्रचण्डको सम्मानमाआज साँझ चिनियाँ कम्युनिष्ट पार्टीको सछुवान प्रान्तीय कमिटीका सचिव वाङ सियाओ हुईले आयोजना गर्नुभएको रात्रिभोजमा प्रधानमन्त्री सहभागी हुनुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले तिब्बतको सदरमुकामल्हासास्थित नेपाली महावाणिज्यदूतावासले आयोजना गरेको एक कार्यक्रममाचीनको यस पटकको भ्रमण आफूले सोचे भन्दा धेरै राम्रो र महत्वपूर्ण भएको बताउनु भएको छ ।

बुधबार चीनको छोङछिङ शहरबाट ल्हासा पुग्नुभएका प्रधानमन्त्री प्रचण्डले हिजो बिहीबार कैलाश मानसरोवरको भ्रमण गर्नुभएको थियो । प्रधानमन्त्री प्रचण्डले ल्हासामा रहँदा विभिन्न द्विपक्षीय भेटवार्तासमेत गर्नुभएको थियो । त्यसपछि उहाँले बुधबार नै ल्हासास्थित प्राचीन पोताला दरबार र नेपाली राजकुमारी भृकुटीले निर्माण गर्नुभएको जोखाङ मन्दिरको भ्रमण गर्नुभएको थियो ।

प्रधानमन्त्री प्रचण्ड र उहाँको भ्रमण दलका सदस्यहरू भोलि शनिबार छन्तुबाट काठमाण्डू फर्किनुहुने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्ड गएको शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहनुभएको छ । उहाँको भ्रमण दलमा उहाँकी छोरी गङ्गा दाहाल, परराष्ट्रमन्त्री नारायण प्रकाश साउद, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, प्रधानमन्त्री प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, राष्ट्रिय सुरक्षा सल्लाहकार शङ्करदास बैरागी, मुख्यसचिव डा. वैकुण्ठ अर्याल, विभिन्न मन्त्रालयका सचिव र अन्य सदस्यहरू हुनुहुन्छ ।

प्रधानमन्त्री प्रचण्डले तिब्बतको सदरमुकाम ल्हासास्थित नेपाली महावाणिज्यदूतावासले आयोजना गरेको एक कार्यक्रममा चीनको यस पटकको भ्रमण आफूले सोचे भन्दा धेरै राम्रो र महत्वपूर्ण भएको बताउनु भएको छ ।

Facebook Comments