Fri. May 17th, 2024

प्रधानमन्त्री प्रचण्ड र पोलिटब्यूरो सदस्यबीच भेटवार्ता

- प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण

पैचिङ, २०८० असोज ९ गते मंगलबार । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य एवं सो पार्टीको छोङछिङ महानगरपालिका सचिव युआन च्याच्युनसँग भेटवार्ता गर्नुभयो ।
प्रधानमन्त्री दाहाल आज चिनियाँ सहर छोङछिङ पुग्नुभएको हो । आज छोङछिङ महानगरपालिकामा उहाँले सो भेटवार्ता गर्नुभएको हो । वार्तामा द्विपक्षीय हित र आपसी सहयोग एवं समझदारीका विषयमा कुराकानी भएको थियो । यसअघि आज छोङछिङ पुग्दा उहाँलाई सो महानगरका उपप्रमुख ताङ यानचेङ र चाङ कोउचीले छोङछिङ विमानस्थलमा स्वागत गर्नुभएको थियो ।
आजै प्रधानमन्त्री दाहालले छोङछिङ एकेडेमी अफ एग्रिकल्चरल साइन्सेन्समा पुगी त्यहाँको वैज्ञानिक एवं आधुनिक कृषि प्रणालीबारे अध्ययन अवलोकन गर्नुभयो । सो एकेडेमीमा कृषि उत्पादनको आधुनिक प्रयोग एवं उत्पादनको अवलोकन गरी जानकारी लिनुभएको थियो । उहाँका साथमा परराष्ट्रमन्त्री एनपी साउदसहित भ्रमणदलका अन्य सदस्य पनि हुनुहुन्छ ।  उहाँ आज छोङछिङमा नै रहनुहुने कार्यक्रम छ । रासस
Facebook Comments