Sat. May 18th, 2024

प्रधानमन्त्री प्रचण्ड छोङछिङमा

- प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण

चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितको प्रतिनिधिमण्डललाई मङ्गलबार स्वागत गर्दै छोङछिङस्थित एकेडेमी अफ एग्रिकल्चरल साइन्सेन्सका पदाधिकारी । तस्बिर : प्रदीपराज वन्त, रासस

पैचिङ, २०८० असोज ९ गते मंगलबार । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’आज छोङछिङ पुग्नुभएको छ । उहाँलाई छोङछिङमा सो महानगरका उपप्रमुख तान यानचङ र चाङ कवौ चीले छोङछिङ विमानस्थलमा स्वागत गर्नुभयो ।

चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मङ्गलबार छोङछिङस्थित एकेडेमी अफ एग्रिकल्चरल साइन्सेन्समा वैज्ञानिक एवम् आधुनिक कृषि प्रणालीबारे अध्ययन अवलोकन गर्नुहुँदै । तस्बिर : प्रदीपराज वन्त/रासस

प्रधानमन्त्रीले आज छोङछिङ एकेडेमी अफ एग्रिकल्चरल साइन्सेन्समा पुगी त्यहाँको वैज्ञानिक एवम् आधुनिक कृषि प्रणालीबारे अध्ययन अवलोकन गर्नुहुनेछ । उहाँका साथमा परराष्ट्रमन्त्री एनपी साउदसहित भ्रमणदलका अन्य सदस्य पनि हुनुहुन्छ ।


चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मङ्गलबार छोङछिङस्थित एकेडेमी अफ एग्रिकल्चरल साइन्सेन्समा वैज्ञानिक एवम् आधुनिक कृषि प्रणालीबारे अध्ययन अवलोकन गर्नुहुँदै । तस्बिर : प्रदीपराज वन्त/रासस
चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मङ्गलबार छोङछिङस्थित एकेडेमी अफ एग्रिकल्चरल साइन्सेन्समा वैज्ञानिक एवम् आधुनिक कृषि प्रणालीबारे अध्ययन अवलोकन गर्नुहुँदै । तस्बिर : प्रदीपराज वन्त/रासस

छोङछिङमा प्रधानमन्त्री प्रचण्ड र चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय राजनीतिक विभागका सदस्य तथा छोङछिङ नगरपालिका समितिका सचिव युन च्या च्युनबीच आज भेटघाटको कार्यक्रम छ । रासस

Facebook Comments