Sun. May 5th, 2024

यात्रुवाहक रात्रिबस दुर्घटना, २५ जनाभन्दा बढी यात्रु घाइते

तुलसीपुर (दाङ), २०८० असोज ९ गते मंगलबार । काठमाण्डूबाट सुर्खेत जाँदै गरेको यात्रुवाहक रात्रिबस पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङ,लमही नगरपालिका-९ शिवखोलामा दुर्घटना हुँदा २५ जनाभन्दा बढी यात्रु घाइते भएका छन् ।

कर्णाली प्रदेश०२-००१ख ०३६२ नम्बरको यात्रुवाहक बस बिहान दुर्घटना भएको र घाइते याुत्रहरूको लमही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक रामबहादुर केसीले बताउनुभयो ।

बसमा ४५ जना यात्रु सवार थिए । के कति कारणले दुर्घटना भयो भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

Facebook Comments