Sat. May 18th, 2024

कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार   

कोशी प्रदेशका नवनियुक्त आन्तरिक मामिला तथा कानूनमन्त्री लिलावल्लभ अधिकारी र खानेपानी, सिँचाइ तथा उर्जामन्त्री बुद्धिकुमार राजभण्डारी सोमबार प्रदेश प्रमुखको कार्यालय विराटनगरमा प्रदेश प्रमुख परशुराम खापुङ्ग समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गर्दै । तस्बिरः मनोज दाहाल, रासस

मोरङ, २०८० असोज ८ गते सोमबार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज दुई मन्त्री र दुई राज्यमन्त्री थप गरी मन्त्रिमण्डल विस्तार गर्नुभएको छ । मुख्यमन्त्री कार्कीले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम लिलावल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुनमन्त्री, बुद्धिकुमार राजभण्डारी खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री, रामप्रसाद मेहता उद्योग, कृषि तथा सहकारी राज्यमन्त्री र निरन राईलाई आर्थिक ममिला तथा योजना राज्यमन्त्रीमा नियुक्त गर्नुभएको छ ।

राससका अनुसार कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले आज यहाँ आयोजित एक समारोहबीच मन्त्री अधिकारी र राजभण्डारीलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभयो । यसैगरी मुख्यमन्त्री कार्कीले मन्त्री मेहता र राईलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभयो ।

Facebook Comments