Sun. May 19th, 2024

प्रधानमन्त्रीको चीन भ्रमण : द्विपक्षीय वार्ता सुरु

- प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण

चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका चिनियाँ समकक्षी लि छ्याङ्लगायत प्रतिनिधिमण्डलको सोमबार पैचिङमा बसेको द्विपक्षीय बैठक । तस्बिरः प्रदीपराज वन्त, रासस

पैचिङ, २०८० असोज ८ गते सोमबार । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका चिनियाँ समकक्षी लि छ्याङबीच चीनको राजधानी पैचिङमा द्विपक्षीय भेटवार्ता सुरु भएको छ ।

चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका चिनियाँ समकक्षी लि छ्याङ्लगायत प्रतिनिधिमण्डलको सोमबार पैचिङमा बसेको द्विपक्षीय बैठक । तस्बिरः प्रदीपराज वन्त, रासस

यहाँको स्थानीय समयअनुसार बिहान ११ बजे  जनबृहत सभा भवनमा सो भेटवार्ता सुरु भएको हो ।

यसअघि प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ प्रधानमन्त्री लिले जनबृहत सभा भवनमा स्वागत गर्नुभएको थियो । उहाँहरूबीच नेपाल-चीन सम्बन्धका विविध पक्ष एवं द्विपक्षीय हित र चासोका विषयमा विचारविमर्श भएको छ ।

सो भेटवार्तामा परराष्ट्रमन्त्री एनपी साउदसहित नेपाली प्रतिनिधिमण्डलका सदस्यहरूको समेत सहभागिता रहेको छ । भेटवार्तापछि द्विपक्षीय सहयोग एवं सम्झौतामा पनि हस्ताक्षर हुने कार्यक्रम रहेको छ ।

Facebook Comments