Fri. Dec 27th, 2024

प्रगतिशिल कानून व्यवसायी एशोसिएशनको दोश्रो राष्ट्रिय सम्मेलन सम्पन्न

- जनअधिकार अभियान नेपालको आठौं वार्षिक साधारण सभा

रमेश हतुवाली/काठमाण्डू, २०८० असोज ६ गते शनिबार । जनअधिकार अभियान नेपालको आठौं वार्षिक साधारण सभा तथा प्रगतिशिल कानून व्यवसायी एशोसिएशनको दोश्रो राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित सो सम्मेलन उद्धघाटन समारोहमा बोल्नुहुँदै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले नेपालको वर्तमान संविधान विगतका संविधानभन्दा प्रगतिशिल र क्रान्तिकारी भए पनि त्यसलाई पूर्णता नदिएसम्म जनताका आकांक्षाहरु पुरा नहुने बताउनु भएको छ । संविधान परिवर्तशिल हुने भएकोले समयानुकुल त्यसलाई परिमार्जन गर्दै लैजानु पर्ने बताउनु भयो ।


समारोहमा बोल्नु हुँदै वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले राष्ट्रपति, प्रधानमन्त्री र अदालतले नै संविधान मिचेको बताउनु भयो । वर्तमान संविधान मृत्युतुल्य अवस्थामा रहेको बताउनुहुँदै श्रेष्ठले संविधान निर्माणमा सहभागी दलहरुनै संविधान कमजोर पार्न लागेको आरोप लगाउनु भयो । वरिष्ठ अधिवक्ता श्रेष्ठले प्रचण्डको नेतृत्वमा सरकार सञ्चालन भैरहेको भए पनि जनयुद्ध गर्दा नेकपा माओवादीले जनतासामु गरेका वाचा कता पुर्याउनु भयो भनि प्रश्न गर्नुभयो ।

सम्मेलनमा संविधान, समाजवाद र मानवअधिकार विषयमा कार्यपत्र प्रस्तुत गर्नुहुँँदै प्रगतिशिल कानून व्यवसायी एशोसिएशनका अध्यक्ष वरिष्ठ अधिवक्ता एकराज भण्डारीले सुशासन, शान्ति, समृद्धि र मानवअधिकारको पक्षमा बेलैमा सबैको ध्यान जानुपर्ने बताउनु भयो ।

Facebook Comments