चीनका राष्ट्रपति सीसँग प्रधानमन्त्री ‘प्रचण्ड’को भेट
- प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण
चीनको भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीनका राष्ट्रपति सी चिनफिङसँग हाङ्चौमा भेट गर्नुहुँदै । तस्बिर : प्रदीपराज वन्त, रासस
काठमाण्डू, २०८० असोज ६ गते शनिबार । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चिनफिङबीच चीनको दक्षीणपूर्वी शहर हाङ चौमा भेटवार्ता भएको छ ।

१९ औं एशियाली खेलकूदको आज हुने उद्घाटन समारोहमा सहभागी हुन अमेरिकाको न्यूयोर्कबाट आजै बिहान हाङ चौ पुग्नु भएका प्रधानमन्त्री प्रचण्ड र चीनका राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएको हो ।

Facebook Comments

