Mon. Dec 23rd, 2024

आजदेखि शिक्षकहरूले काठमाण्डूमा शसक्त आन्दोलन गर्ने, देशभरका सामुदायिक विद्यालय बन्द

- देशभरका सामुदायिक विद्यालय बन्द

काठमाण्डू, २०८० असोज ३ गते बुधबार । सामुदायीक विद्यालयहरुमा कार्यरत देशैभरका शिक्षकहरुले आजदेखि आफ्ना माग पुरा गराउन सरकारलाई दबाब दिने उद्धेश्यले काठमाण्डू केन्द्रित आन्दोलन गर्ने भएका छन् ।

सङ्घीय संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासङ्घको झण्डामुनी शिक्षकहरुले शसक्त आन्दोलन गर्ने भएका हुन् । यो आन्दोलनको उद्घोषसँगै आजदेखि सामुदायिक विद्यालय अनिश्चितकालिन बन्द हुने भएका छन् ।

आफना मागहरू सम्बोधन गर्ने स्पष्ट जानकारी नआएसम्म आन्दोलन जारी रहने नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले जानकारी दिनुभयो । बुधबारदेखि देशैभरका शिक्षकहरू आन्दोलनमा रहेको र बिहिबारदेखी अनिश्चितकालिन बिद्यालय बन्द हुने उहाँले बताउनु भयो । आफ्ना मागहरुप्रति सरकारले बेवास्ता गरेको हुनाले नै आफुहरु सरकारलाई पढाउन काठमाण्डूका सडकसम्म आउनु परेको जानकारी दिनुभयो ।

Facebook Comments